आज: २०८३ आश्विन १८, आईतबार | Sun, 04, Oct, 2026

आजको मौसम : यी प्रदेशमा मेघगर्जन सहित वर्षाको सम्भावना

२०८१ अषाढ १, शनिबार मा प्रकाशित ( २ साल अघि) १३७११ पटक पढिएको
नारी बाटिका


काठमाडौं १ असार ।

हाल देशको पूर्वी भू(भागमा मनसुनी प्रणालीको प्रभाव परीरहेको छ भने बाँकी भू(भागमा भने स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जसका कारण आज कोशी, मधेस र बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधरणतया मौसम बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग पुर्वानुमानमहाशाखाले जनाएको छ।

शनिबार कोशी प्रदेश, बागमती लगायत र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


↑