आज:  | Sat, 15, Feb, 2025

पाँच प्रदेशको बजेटको आकार घट्यो, विकास निर्माण कार्य प्रभावित हुने सम्भावना बढ्दै

३ असार २०८१, आईतवार ०७:५२ मा प्रकाशित ( ८ महिना अघि) २४२२ पटक पढिएको
नारी बाटिका


काठमाडौं २ असार ।

आगमी आर्थिक वर्ष २०८१।०८२ को लागी शनिबार देशका सातै प्रदेश सरकारले बस्तुत गरेका बजेटको आकार घटेको छ । प्रदेशमा आउने संघीय अनुदान घट्दा र आन्तरिक स्रोत बढ्न नसक्दा अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१।८२ को लागी विकास निर्माण बजेट घटाएका छन् ।

सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले शनिबार आ आफ्ना प्रदेश सभामा प्रस्तुत गरेका बजेट चालु आवको तुलनामा घटाएर ल्याएका हुन्। शनिबार ल्याईएका प्रदेशको बजे टमध्ये बागमती र सुदूरपश्चिम प्रदेश सरकार बाहेक बाँकी सबै प्रदेशको बजेट घटेको पाइएको  ।

यस चालु आवमा ३६ अर्ब ७४ करोड रुपैयाँको बजेट ल्याएको कोशी प्रदेश सरकारले आगामी आवका लागि ८६ करोड घटाएर ३५ अर्ब २७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

त्यसैगरी मधेश प्रदेश सरकारले पनि चालु आवको करिब २२ करोड रुपैयाँ घटाएर ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यी प्रदेशहरु मध्य कै सबैभन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको बागमती प्रदेशले भने बजेट बढाएको छ।

बागमती सरकारले आगामी आवका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो जुन चालु आवको तुलनामा करिब दुई अर्ब रुपैयाँले बढाईएको हो। चालु आवमा बागमतीले ६२ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।

गण्डकी प्रदेशले पनि चालु आवको तुलनामा करिब एक अर्ब रुपैयाँ आकार घटाएर ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आवमा गण्डकी प्रदेश सरकारले ३३ अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको थियो।

यसैगरी लुम्बिनी प्रदेशले पनि चालु आवको तुलनामा डेढ अर्बले घटाएर ३८ अर्ब ९५ करोड ९५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यस्तै कर्णाली प्रदेश सरकारले पनि दुई अर्ब बजेटको आकार घटाएर ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ। कर्णाली प्रदेशले चालु आवमा ३३ अर्ब ३७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।

तर आगामी आवको लागी सुदूरपश्चिम प्रदेश सरकारले भने आफ्नो बजेट बढाएर ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ पुर्‍याएको छ। चालु आवमा सुदूरपश्चिम सरकारले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको मात्रै बजेट ल्याएको थियो।

शनिबार बजेट सार्वजनिक गरेका सात पदेश मध्य वागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारको गत वर्षको तुलनामा बजेटको आकार बढेको छ भने बाँकी ५ प्रदेश सरकारले बजेट घटाएसै ति प्रदेशमा विकास निर्माण कार्यमा प्रभाव पर्ने अनुमान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस