आज:  | Thu, 18, Jul, 2024

पर्सा निकुञ्जमा सिकारी र सेनाबीच दोहोरो झडप हुंदा, एक सिकारीको मृत्यु

१० असार २०८१, आईतवार ०५:२९ मा प्रकाशित ( ३ हफ्ता अघि) १६९ पाठक संख्या
नारी बाटिका


काठमाडौं ९ असार ।

पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र वन्यजन्तुको चोरी गर्न गएका सिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच भएको दोहोरो भिडन्तमा एक सिकारीको मृत्यु भएको छ । शनिबार बिहान करिब ८ बजेको आसपासमा निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्ती गर्ने क्रममा सिकारीले वन्यजन्तुको सिकार गर्दैको अवस्थामा भेटिएपछी प्रतिकारमा दोहोरो झडप भएको थियो ।

हतियार सहित ५ जनाको समूहमा आएका दुई समुहबिचमा झडप हुदा एक सिकारीको मृत्यु भएको हो । वन्यजन्तुको चोरी,सिकारी गर्ने हेटौँडा उपमहानगर वडा नं १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

उनीहरुबिचमा भएको दोहोरो झडपको क्रममा सिकारीहरूमध्ये अन्य ४ जना भाग्न सफल भएका इप्रका सिमराका प्रमुख चिरञ्जीवी दाहालले जनाएका छन् ।
उनीहरू भाग्ने क्रममा सिकाहरूको साथबाट २ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली, ३ सय ग्राम बारुद, २ वटा मोबाइल, हँसिया, खुकुरी, लाइटर लगायतका सामग्री बरामद गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस