आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

डिआइजी पोखरेल एआइजी बढुवामा सिफारिस

२०८१ अषाढ १०, सोमबार मा प्रकाशित ( १ साल अघि) ५८१७ पटक पढिएको
नारी बाटिका


काठमाडौं १० असार ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी पोषराज पोख्रेल बढुवाको सिफासमा पर्नु भएको छ । पोख्रेललाई प्रहरी अतिरिक्त महानिरीक्ष एआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।

आज गृह मन्त्रालय अन्तर्रगत बढुवा समिति सचिवालयले उहाँलाई बढुवाका लागि सिफारिस गरेको हो। प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ९४० अनुसार उहाँलाई सिफारिस गरिएको थियो ।

बढुवा समितिको सिफारिसमा पोख्रेलको नाम प्रकाशित गरिएको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनु भएको छ। हाल डिआइजी पोखरेल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा कार्यरत हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस