आज:  | Thu, 18, Jul, 2024

भिख माग्ने बहाना बनाई सुन लुटपाट गर्ने दुई जना लुटेरा पक्राउ

१५ असार २०८१, शुक्रबार १५:५४ मा प्रकाशित ( २ हफ्ता अघि) ९३ पाठक संख्या
नारी बाटिका


काठमाडौं १४ असार ।

भिख माग्ने बहाना बनाउँदै लुटी हिड्ने दुई जना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका(३० स्थित सेतोपुल डेरा गरी बस्ने उनीहरुले भिखारी बनी सुन लुटेका हुन् । लुटेराहरुले सिन्धुली कमलामाई नगरपालिका(१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन् । पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएको भन्ने खबर प्राप्त भएपछी उक्त स्थानमा प्रहरी टोली गई दुई जना लुटेराहरूलाई पक्राउ गरेको थियो ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस