
नारी बाटिका
धादिङ ,१८ असार ।
नेपाल पत्रकार महासंघ धादिङ शाखामा प्रेस युनियनले तालाबन्दी गरेर धर्ना दिएको छ। नेपाल प्रेस युनियनले महासंघको केन्द्रिदेखी प्रदेश कार्यलय र जिल्ला शाखा कार्यालयहरुमा एकैपटक सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको थियो ।
पत्रकार महासंघले प्रदेशले सिफारिस गरेका सदस्य विवरणको नाम काटेर,आफैले आफु निकट सदस्यको नाम थप गरी मतदाता नामावली सार्वजनिक गरेको भन्दै प्रेस युनियनले तालाबन्दी गरेर आन्दोलन सुरू गरेको युनियन धादिङ शाखाका अध्यक्ष सन्तोष राज श्रेष्ष्ठले जानकारी दिनु भयो ।
‘पत्रकार महासंघले सदस्यता शुद्धीकरणको नाउमा समान मापदण्ड लागु नगरी फरकफरक रुपमा नियम विपरित कार्य गरेकोले आफूहरु अन्दोलित भएका हौँ’,अध्यक्ष श्रेष्ठले भन्नु भयो, । त्यस्तै महासंघले जिल्ला र प्रदेशले सिफारिस नगरेका पत्रकारलाई सदस्यता दिने काम भयो । त्यो गलत भयो ।’ आफूहरुले उठाएका काम युनियनको मात्र नभई सबै श्रमजीवि पत्रकारको भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
वार्ता र आन्दोलन सँगसँगै लैजाने नीति अनुरुप धर्ना दिइएको प्रेस युनियन धादिङले जनाएको छ । महासंघको विधान विपरीत थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनु पर्ने, महासंघकै शाखा, प्रदेशले सिफारिस गरेका र सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गर्न, माग राखेको छ ।
यसैगरी महासंले यही असार २२ मा तोकिएको निर्वाचन मिति तालिका स्थगित गरी सदस्यता विवाद टुंगाएर मात्रै नेपाल पत्रकार महासंघको निर्वाचन गर्ने वातावरण शुनिश्चित गर्ने माग राखी आन्दोलन गरेको छ । प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर धादिङ सहित देशभर आन्दोलन सुरू गरेको बताएको छ ।







प्रतिक्रिया दिनुहोस