
नारी बाटिका
काठमाडौं २० असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीका महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकाललाई निलम्बन गरेको छ। केही समयदेखी पार्टीभित्र किचलो हुंदै आएको थियो । रास्वपाको बुधबार बैठकमा ढकाल मुखमा कालो टेप बाँधेर बैठकमा सहभागी हुनु भएको थियो ।
ढकाललाई हिजो असार १९ गतेदेखि लागु हुने गरी सात दिनका लागि निलम्बन गरिएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
महामन्त्री ढकालले अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार गर्नुका साथै पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएकाले निलम्बन गरिएको रास्वपा संस्थापन पक्षको भनाई छ।
ढकालले बुधबार बसेको बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकाल मुखमा कालो टेप बाँधेर केन्द्रीय समिति बैठकमा सहभागी भएको थियो। ढकालले ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि विवादले उच्च रुप लिएको थियो। बुधबार मध्यरातसम्म बसेको केन्द्रीय समिति बैठकले ढकाललाई निलम्बन गरेको हो।








प्रतिक्रिया दिनुहोस