आज: २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026

आज पाँच प्रदेशको केही ठाउँमा अति भारी वर्षाको सम्भावना रहेकोले सतर्कता रहन सुझाव

२०८१ अषाढ २२, शनिबार मा प्रकाशित ( १ साल अघि) १२४३८ पटक पढिएको
नारी बाटिका


काठमाडौं २२ असार।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । जसको प्रभावका कारण देशका विभिन्न स्थानमा रातिदेखी नै वर्षा भइरहेको छ। शनिबार सबै प्रदेशका धेरै स्थानमा दिनभरजसो मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती,गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भने भारीदेखि अति (मुसलधारे) वर्षाको पनि सम्भावना जनाएको छ।

आज यि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम रहेको महाशाखाले जनाएको छ। यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस