आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

आफुनै १६ वर्षीया छोरीलाई बलात्कार गर्ने बावु पक्राउ

२०८१ अषाढ २५, मंगलबार मा प्रकाशित ( २ साल अघि) ९७९७ पटक पढिएको
नारी बाटिका


धादिङ २५ असार ।

धादिङ जिल्लास्थित आफुनै १६ वर्षीया नाबालिका छोरीलाई बलात्कार गर्ने बावुलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ जिल्लाको नाम नखुलेको एक पालिकाको घले थरका ४९वर्षीया व्यक्तिले १६ वर्षीय किश्वरी (बालिका)आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेका थिए ।

घले थरका आफनै बावुले पटक पटक बालिकालाई बलात्कार भएको खुल्न आएपछी २०८० माघ १९ गते आफन्तको सहयोगमा प्रहरीमा उजुरी परेको थियो ।

प्रहरीमा उजुरी परेको थाहापाएपछी फरार रहैका घलेलाई यही असार १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भयो ।

धादिङ जिल्ला अदालतले आरोपित बावुलाई हाडनाता तथा जबरजस्ती करणी गरेको कसुरमा हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस