
नारी बाटिका
काठमाडौं १ साउन ।
रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीनजना बालबालिका मृत्यु भएको छ । गएराति रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा आएको बाढीले घर बगाउदा ८ वर्षीय हितमाया पुन, ५ वर्षीया धनिसा पुन,र ४ वर्षीया मनिसा सार्कीको मृत्यु भएको हो ।
त्यस्तै ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनु भएको छ । सहायक प्रजिअ रेग्मीका अनुसार बाढीले ६ घर बगाएको र बेपत्ताको खोजी भइरहेको बताउनु भयो । उनीहरु बाढीमा पुरिएका थिए ।
त्यसैगरी सोही बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका छन् । घाईतेहरुको अहिले स्थानीय अस्पातमा उपचार भइरहेको बताईएको छ ।
घटनास्थलमा बिहानैदेखि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरी उद्धारको भैईरहेको सहायक सीडीओ रेग्मीले जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस