आज: २०८२ आश्विन ५, आईतबार | Sun, 21, Sep, 2025

प्रधानमन्त्री केपी शर्मा वलीलाई विश्वासको मत नदिन एकीकृत समाजवादीको ह्विप

२०८१ श्रावण ६, आईतबार मा प्रकाशित ( १ साल अघि) ८१९६ पटक पढिएको
नारी बाटिका


काठमाडौं – ६ साउन ।

एकीकृत समाजवादी पार्टीले आज हुन गैरहेको प्रतिनिधिसभामा प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिन लाग्नु भएको छ । सोही प्रयोजनको लागी प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा प्रतिनिधिसभामा मतदान गर्न (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको पार्टी जनाएको छ।

उनले भने, ‘सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ।’

एकीकृत समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभामा १० सिट सांसद रहेका छन्। आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची तय भएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस