आज: २०८२ पौष ३०, बुधबार | Wed, 14, Jan, 2026

क्यान्सर अस्पतालकी लेखा अधिकृत ६ लाख घुस सहित पक्राउ

२०८१ श्रावण ७, सोमबार मा प्रकाशित ( १ साल अघि) ८६८२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ७ साउन ।

भरतपुर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत ६ लाख रुपैंया घुससहित पक्राउ परेकी छन्। लेखा अधिकृत अमृता कोइरालालाई सेवाग्राहीले नगद एक लाख ५० हजार रुपैंया र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए।

प्रवत्ता घिमिरेलेका अनुसार लेखा अधिकृत कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घुस सो रकम लिएकी खुलेको छ । भरतपुर महानगरपालिका ४ कटहर चोकबाट पक्राउ परेकी कोईरालामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस