आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

बैंकिङ कसुर प्रकरणमा फरार प्रतिवादी पक्राउ

२०८१ श्रावण २२, मंगलबार मा प्रकाशित ( २ साल अघि) ६०७८ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २२ साउन ।

प्रहरीले बैंकिङ कसुर प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर तुम्वेवा गा.पा.वडा नं.५ घर भइ हाल भक्तपुर सु.न.पा.४ बालकोट बस्दै आएका ३० वर्षीय राजेन चाम्लिङ राई रहेका छन्।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सोमबार कोटेश्वर पेरिसडाँडाबाट राईलाई पक्राउ गरीएको हो। राई विरुद्ध काठमाडौँ जिल्ला अदालतमा बैंकिङ कसुर मुद्दा परेको थियो।

केही समयदेखी फरार रहेका र अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गरी कारबाहीको लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस