
नारी बाटिका
एजेन्सी २६ साउन ।
( ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा कम्तिमा पनि ६२ जनाले ज्यान गुमाएका छन् । ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा दुर्घटना हुंदा उक्त विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्यहश्र सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी जनाएका छन् ।
उक्त जहाज आवासीय भवनको कम्पाउन्डमा खसेको थियो । तर जहाज दुर्घटना भएको स्थानका स्थानीयलाई भने कुनै क्षति नभएको बताइएको छ ।जहाजमा रहेका यात्रुहरुलाई भने जीवितै उद्धार गर्न नसिकएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
विमान दुर्घटना बारे सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियो अनुसार जहाज एक चक्कर लगाएर धुँवाको मुस्लो फल्दै दुर्घटना भएको थियो ।
दुर्घटनाको सम्वन्धमा ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारप्रति समवेदना प्रकट गरेका छन्। विमान दुर्घटना के कारणले कसरी भएको हो भन्नेमा अहिलेसम्म खुलिसकेको छैन ।








प्रतिक्रिया दिनुहोस