आज:  | Tue, 18, Feb, 2025

विषाक्त माछा खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु

२९ श्रावण २०८१, मंगलवार ०५:३३ मा प्रकाशित ( ६ महिना अघि) १३१७ पटक पढिएको
नारी बाटिका


पर्शा २९ साउन ।

विषाक्त माछा खाँदा बारामा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलको नरेश रामको परिवारले विषाक्त खानासंगै (माछा) खाँदा उनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । आइतबार अमिरी राम चमारका नाति नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारी संग माछा किनेर ल्याएका थिए ।

भारतबाट माछा बेच्न आएका व्यापारीबाट नरेश रामले माछा खरिद गरी खानासित पकाएर खाँदा बिरामी भएका ३ जना बालबालिकाको मृत्यु भएको स्थानीय प्रहरी चौकीले जानकारी दिएको छ ।

उनीहरुले शनिवार राति खाना पकाएर सबै परिवारका सदस्यले खाएपछि केही समयमै नरेश रामका छोरीहरू ९ वर्षीया लालिमा राम र ७ वर्षीया पुष्पा राम तथा ५ वर्षीया छोरा कृष्णन्दन रामको पेट दुखेर, बान्ता हुनुको साथै झाडापखालाको समस्या देखा परेको थियो ।

उनीहरुले भारतबाट माछा ल्याएर बेच्ने व्यापारीबाट माछा किनेर खाएका थिए । त्यसपछी उनीहरूको स्वास्थ्यमा समस्या देखिएपछी उपचारका लागि स्थानीय र प्रादेशिक अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा उनीहरूको ज्यान गएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस