
पर्शा २९ साउन ।
विषाक्त माछा खाँदा बारामा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलको नरेश रामको परिवारले विषाक्त खानासंगै (माछा) खाँदा उनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । आइतबार अमिरी राम चमारका नाति नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारी संग माछा किनेर ल्याएका थिए ।
भारतबाट माछा बेच्न आएका व्यापारीबाट नरेश रामले माछा खरिद गरी खानासित पकाएर खाँदा बिरामी भएका ३ जना बालबालिकाको मृत्यु भएको स्थानीय प्रहरी चौकीले जानकारी दिएको छ ।
उनीहरुले शनिवार राति खाना पकाएर सबै परिवारका सदस्यले खाएपछि केही समयमै नरेश रामका छोरीहरू ९ वर्षीया लालिमा राम र ७ वर्षीया पुष्पा राम तथा ५ वर्षीया छोरा कृष्णन्दन रामको पेट दुखेर, बान्ता हुनुको साथै झाडापखालाको समस्या देखा परेको थियो ।
उनीहरुले भारतबाट माछा ल्याएर बेच्ने व्यापारीबाट माछा किनेर खाएका थिए । त्यसपछी उनीहरूको स्वास्थ्यमा समस्या देखिएपछी उपचारका लागि स्थानीय र प्रादेशिक अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा उनीहरूको ज्यान गएको हो ।












प्रतिक्रिया दिनुहोस