आज:  | Mon, 17, Feb, 2025

गौरमा धारिलो हतियार प्रयोगबाट ७४ वर्षीय एक वृद्धको हत्या

३० श्रावण २०८१, बुधबार १२:४१ मा प्रकाशित ( ६ महिना अघि) २१३१ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३० साउन ।

गएराति रौतहटको गौरमा एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। यसरी हत्या हुनेमा गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव आज बिहान फेला परेको हो।

वृद्ध महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताउनु भयो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको खल्न भाएको प्रहरीको भनाइ छ। कसले किन र के का लागी वृद्धको हत्या गर्यो ? भन्ने बारेमा घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस