
नारी बाटिका
काठमाडौं – १ भदौ ।
भक्तपुरको कमलविनायक बिटमा कार्यरते प्रहरी हवल्दारले कार्यलयभित्रै एक बालिकालाई बलात्कार गरेका छन् । बालिकालाई बलात्कार गरेको आरोपमा हवल्दार नवराज श्रेष्ठ जेल चलान भएका हुन् ।
हवल्दार श्रेष्ठले गत असार २९मा एक नाबालिगलाई प्रहरी बिटभित्रै बलात्कार गरेको अभियोग लागेको छ । गत २५ साउनमा भक्तपुर जिल्ला अदालतले श्रेष्ठलाई जेल चलानको आदेश दिएको थियो ।
प्रहरीका अनुसार ती नाबालिग र एक युवक रातको समयमा कलमपोखरी छेउमा गफ गरिरहेको अवस्थामा हवल्दार श्रेष्ठ समेतले उनीहरुलाई पक्राउ गरेका थिए । पक्राउ परेका केटालाई मात्रै छाडी दिएर नाबालिगलाई त्यहीँ राखेर राती प्रहरी हवल्दार आफैले बलात्कार हुन् । एक्त घटनापछी उनी विरुद्ध उजुरी परेको थियो । सोही आरोपमा भोलिपल्टै प्रहरीले हवल्दारलाई पक्राउ गरी मुद्दा दायर गरेको हो ।








प्रतिक्रिया दिनुहोस