आज:  | Tue, 10, Sep, 2024

सहकारी संस्थाको बचत रकम ठगीबारे शोधपुछ अन्तिम चरणमा आइपुग्यो,छानविन समिती

३ भाद्र २०८१, सोमबार ०७:५८ मा प्रकाशित ( ३ हफ्ता अघि) ९२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ३ भदौ ।

सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेर सो मा मुछिएका व्यक्तिहरुसंग सोधपुछ गर्ने क्रम अन्तिम चरणमा पुगेको छानविन समितीले जनाएको छ । सोही प्रकरणमा आरोपितहरुको वास्विकता पत्ता लगाई अनुसन्धानको लागी आवश्यक छानविन सम्वन्धित नाम जोडिएका व्यक्तिहरुलाई सोधपुछ गर्ने कार्यमा संसदीय छानबिन विशेष समिति तिब्रगतिमा लागेको हो ।

साथै समितीले प्रतिवेदन लेखनमा केन्द्रित हुन लागेको समेत बताएको छ । यस सम्वन्धमा शनिवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबनि विशेष समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समितिका संयोजक सूर्य थापाले सो कुरा बताएका छन्।

थापाका अनुसार समितिले शोधपुछको कार्य अन्तिमतिर आइपुगेको र अब प्रतिवेदन लेखनको काममा लाग्ने बताए। उनले समितिले विभिन्न मुद्दामा कारागारभित्र रहेका सहकारी सञ्चालक तथा बचत अपचलन गरी सहकारीलाई ठगी गरेका व्यक्तिहरूसँग बयान लिने काम लगभग सकिएको बताए।

संयोजक थापाले शनिबारको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै आएका तेजविक्रम थापालाई बोलाएर शोधपुछ गरेको पनि बताए।

त्यस्तै पछिल्लो समयमा जिबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग संवद्ध मधुसुदन पाठकसँग शोधपुछ गरेको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस