आज:  | Tue, 10, Sep, 2024

धार्मिक र सांस्कृतिक विशेषता बोकेको हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’ भोलि मनाईँदै

३ भाद्र २०८१, सोमबार १५:०३ मा प्रकाशित ( ३ हफ्ता अघि) १०८ पाठक संख्या
नारी बाटिका


काठमाडौं ३ भदौ ।

हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै सत्य तत्थ्य विषयलाई नटकीय रुपमा प्रस्तुत गरी सार्वजनिक भएको छ। उपत्यकास्थित कमलादीमा रहेको प्रज्ञा–प्रतिष्ठान र जमलमा रहेको नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन्। पुरानासँगै नयाँ पुस्ताका कलाकारले भरिएको कार्यक्रम यही भदौ १० गते सम्म चल्ने आयोजकले जनाएको छ।

नेपालमा गाईजात्रा पर्वको परम्परा र संस्कृतिसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपछी विद्यमान राजनीतिक, सामाजिक, आर्थिक विकृति र विसङ्गतिमाथि नाटकीय रुपमा व्यङ्ग्य प्रहार गरेर कलाकारले आफ्नो प्रस्तुति दिने परमपरा विगतदेखी नै चलिआएको छ ।

विसं २०६१ सालदेखि हरेक वर्ष गाईजात्राको प्रस्तुति दर्शकसामु पस्किरहेका ‘जोगिन्दर’ उपनामले परिचित हास्य कलाकार शिवशङकर रिजालले आफ्ना लागि पर्व सुरु भएको बताएका छन्। उनले भने, ुमैले कलाकारिता गरेदेखि नै गाईजात्रामा सहभागिता जनाउनाका साथै यससम्बन्धि प्रस्तुति ल्याइरहेको छु, वर्षभर भएका विकृति र विसंगतिलाई नाटकीय रुपमा व्यङ्ग्य गर्नु र सचेत गराउनु हाम्रो कर्म र धर्म दुवै हो।ु

यसपटको कार्यक्रममा उनीसँगै सीताराम कट्टेल, कुञ्जना घिमिरे, सुरेन्द्र केसी, राजा राजेन्द्र लगायतका कलाकारको समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन्। कलाकार दीपकराज गिरी चलचित्र निर्माणमा आबद्ध भएदेखि टेलिशृङ्खला र गाईजात्राका प्रहसनमा समावेश नभएको बताउँछन् । त्यस्तै केदार घिमिरे, जीतु नेपाल यसपटक कुनै समूहसँग जोडिएका छैनन्।

यद्यपि उनी केही समय अगाडि मात्र ‘मह जात्रा’ मा सहभागी भएर प्रवासी नेपाली कार्यक्रममा सहभागी थिए । यसपटक तिहारको समयमा आफूसहित मह सञ्चारको प्रस्तुतिको तयारी गरिरहेको उनले जानकारी दिए। ुअहिले दुई समूहले दर्शकलाई मनोरञ्जन दिईरहेका छन् । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतले अहिले कार्यक्रम गरेनौँ, यद्यपि हामीले आफ्नो प्रसहनलाई मह जात्रामार्फत दर्शकसम्म लग्नेछौँु, उनीहरुको भनाई छ।

सहर होस् गाउँ विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ। गाईजात्रामा वर्षभरिको शोक र दुःख भुलाउन हास्य व्यङ्ग्यका कार्यक्रम र प्रस्तुति प्रस्तुत गर्ने परम्परा छ। यस वर्ष भदौ ४ गते अर्थात भोलि गाईजात्रा पर्व मनाईदै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस