आज:  | Tue, 10, Sep, 2024

सरकारले टिकटकमाथिको प्रतिबन्धलाई फुकुवा गर्ने तयारी

४ भाद्र २०८१, मंगलवार १५:३१ मा प्रकाशित ( ३ हफ्ता अघि) १२८ पाठक संख्या
नारी बाटिका


काठमाडौं ४ भदौ ।

केही समय अघिदेखी बन्द गरिएको टिकटकमाथिको प्रतिबन्धलाई सरकारले फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै नेपाल सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवा गर्न लागेको हो ।

यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले नेपाली सामाजिक मर्यादामा आँच ल्याउने काम गरेको भन्दै टिकटकमाथी प्रतिबन्द लगाउने निर्णय गरेको थियो ।

हाल टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी सुरु भएको सञ्चार मन्त्रालय सम्बद्ध स्रोतले जानकारी दिएको छ ।चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ ।

सञ्चार मन्त्रालयका अनुसार टिकटकले लिखित प्रतिबद्धता जनाएपनि यसको नियमन कसरी गर्ने भन्ने विषय छलफलमा रहेको बताएको छ । टिकटकमा प्रतिबन्ध लगाउँदा तत्कालीन प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमालेलाई विश्वासमा लिएर गरेका कारण अहिले फुकुवा गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र माओवादी केन्द्रलाई समेत विश्वासमा लिनुपर्ने समेत बताइएको छ ।

टिकटकमा प्रतिबन्ध गरिएसंगै सर्वोच्च अदालतमा मुद्धाहरु समेत दायर भएका थिए । सो मुद्धामाथी सुनुवाइको क्रममा रहेका बताईएकोे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस