आज:  | Tue, 10, Sep, 2024

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

५ भाद्र २०८१, बुधबार ०४:५० मा प्रकाशित ( २ हफ्ता अघि) ९१ पाठक संख्या
नारी बाटिका


काठमाडौं ५ भदौ ।

बाराको कलैया उपमहानगरपालिका(१२ खपरताता टोलमा ना.५४ प ४७४८ नम्बरको मोटरसाइकल र ना.२ ह ५३७२ नम्बरको टेम्पो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय रमाकान्त पटेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बारामा मृत्यु भएको हो ।

साथै सोही दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ

त्यस्तै सुर्खेत, भेरीगंगा नगरपालिका(५ मा सुर्खेतबाट नेपालगंज तर्फ जाँदै गरेको क.प्र.०२००१ ख १०११ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार हुम्ला सर्केगाड गाउँपालिका(२ बस्ने ३९ वर्षीय चन्द्र सिंह कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य १७ जनाको मेडिकल कलेज कोहलपुर बाँकेमा र १ जनाको नर्सिङ होम नेपालगंजमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुर्खेत, भेरीगंगा नगरपालिका(१२ पाडुलेस्थित सडकमा नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको लु।. ज ४०९१ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार दैलेख दुल्लु नगरपालिका(७ बस्ने ४० वर्षीय झक्क बहादुर रावतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै अन्य घाइते भएका गाडीमा सवार ९ जनालाई सोही अस्पतालमा र १ जनाको छिन्चुस्थित माया पोलिकिल्निकमा उपचारको लागि पठाइएकोमा ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी कैलाली,गोदावरी नगरपालिका(५ गेटा मेडिकल कलेज नजिक म.१ ज १६१ नम्बरको म्याजिकले से.६ प ८४२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मो.चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर कृष्णपुर नगरपालिका २ बाणि बस्ने ४१ वर्षीय विश्राम चौधरी रहेका छन्।

दुर्घटनामा परी घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, बुटवल उपमहानगरपालिका(१३ बेलवास शान्ति चोकस्थित सडकमा लु.१ च ६७८३ नम्बरको बलेरोमा लु.८७ प ४५७३ नम्बरको स्कुटर ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका शान्ति बगैचा घर भई हाल रूपन्देही बुटवल उपमहानगरपालिका.११ देविनगर बस्ने २८ वर्षीया शुष्मा श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल नम्बर नखुलेको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिँदा स्कुटर अनियन्त्रित भई बोलेरोमा ठक्कर खाई दुर्घटना भएको थियो ।

बलेरो जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस