आज:  | Tue, 10, Sep, 2024

अमेरिकामा वेपत्ता भएकी एक नेपाली नर्स ममताको उनकै श्रीमान् ले हत्या गरेको रहस्य

८ भाद्र २०८१, शनिबार १५:०२ मा प्रकाशित ( २ हफ्ता अघि) २८३ पाठक संख्या
नारी बाटिका



धादिङ ८ भदौ ।

करिव २२ दिनदेखी अमेरिकाबाट बेपत्ता भएकी ममता काफ्लेलाई उनकै श्रीमानले हत्या गरेर उनी बसेको घर पछाडी गाडेको अवस्थामा भेटिएकी छन्। उनी २७ जुलाइमा युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको थियो । त्यसपछी उनी सम्पर्क विहीन भएकी हुन् । उनी वेपत्ता भएपछी मनसास पार्क प्रहरी विभागले काफ्लेको खोजी कार्य तीव्र पारिएको थियो ।

ममताको खोजीको लागी भर्जनियाको मनसास पार्क प्रहरी विभागले सर्वसाधारणसँग समेत खोजी कार्यमा सहयोगका लागि अपिल गरिरहेको थियो। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी पुलिस एजेन्सीहरूलाई समेत जानकारी गर्राईएको थियो ।

ममताको खोजीका लागी अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान् संगपनि पटक पटक सोधपुछ गरेर बुझेको थियो। ममता काफ्लेसँग उनका साथीहरुले अन्तिम पटक २८ जुलाईमा कुरा गरेका पाइएको र ममताका श्रीमान्‌ले भने ३१ जुलाई (नेपाली मिति १६ साउन)मा अन्तिम पटक आफुले देखेको बताउँदै आएका थिए।

यसरी निकै दिन लगायर अमेरिकी अनुसन्धान टोलिले खोजी गर्ने क्रममा शंकाको सुई ममताकै श्रीमान् तर्फ सोझिएको थियो । २२ दिन सम्म खोजी गर्दा नभेटेको ममतालाई २२ दिनपछी उनकै घर पछाडि हत्या गरेर गाडेको अवस्थामा भेटाएकी हुनु ।

उनी हराएको खबर पाएपछि ममताका बा आमाको भिडियोमा कुरा हुंदा छोरीले गुनासो गर्ने गरेको बताएका थिए । ममताको उनकै श्रीमान्ले हत्या गरेर आफ्नै घर पछाडी लगी गाडी राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

घटनाको बारेमा सत्य तथ्य थप विवरण अनुसन्धानपछी आउने नै छ । यो घगना घटेसंगै यतिवेला सामाजिक संन्जालमा यस दर्दनाक घटनाको निकै चर्चा भईरहेछ । सामाजिक संन्जालमा विभिन्न विषयहरु लेख्दै अधिकांशले आक्रोस व्यक्त गरिरहेका छन् । अहिले यस्ता भावविहोल भएर सामाजिक संन्जाल तातेको छ ।

सामाजिक संन्जालबाट जस्ताको तस्तै

विचरा जीवनभर गाडामा तरकारी बेचेर छोरीलाई भारत सम्म पठाएर नर्सिङ पढाएका बा(आमाले छोरीलाई नर्स पढाउँन कम्ती संघर्ष गरेनन् होला।बा(आमाको संघर्षको कहानी भाइरलको हुटहुटीमा जे(पनि लेख्दिने अनि त्यसकै लहलहैमा लागेर कमेन्ट,लाइक,शेयर गर्दिने जमातले सजिलै नबुझ्न सक्छन्।

एक हुल मानिस त्यहि रचिएको कथालाई लिएर ममताको बाआमा प्रति आक्रोशित छन्।ममताको बाआमालाई छोरी प्रति घटेको ह्रदयविदारक घटनामा रुने अधिकार पनि छैन रे ?

ज्वाईले आफूलाई राम्रो नगर्ने कुरा ममताले बाआमा लाई सुनाएकै भएपनी ममताका बाआमाले सकेसम्म मिलेर बस्नु भनेर छोरीलाई सम्झाउँनु अपराध हो र रुसंसारका कुन बाआमाले आफ्नो छोरी ज्वाई मिलेर बसेको हेर्न चाँहदैनन् होला रु फेरी ज्वाई अपराधिक मानसिकताको छ।छोरीकै ज्यान तलमाथी गर्न सक्छ भन्ने लागेको भए उनीहरुले पनि ज्वाई सँग मिलेर बस्न पक्कै भन्ने थिएनन् होला।

गाउँघरमा जन्मी(हुर्केर जीवनभर गाउँकै चार(कुनामा जीवन बिताएका बा(आमालाई आधुनिक समाजको बारेमा धेरै कुरा थाहा हुन्न।छोरीले हिंसा भयो भन्ने बित्तिकै त अलग्गै बस् भन्न सक्ने हिम्मत अनि चेतना पनि हुन्न।ज्वाई बाट छुटिएर बसेपछि छोरीले झन् दुःख पाउँछे होली भन्ने लाग्छ ती बाआमालाई।

हामीले पो अलिअलि जान्यौं(बुझ्यौं देश,दुँनिया घुम्यौं धेरै कुरा देखियो र हिंसा सहेर बस्नु भन्दा स्वतन्त्रता रोज्नु बेस भन्ने चेतना भयो।ती गाउँका अवोध बा(आमालाई यस्ता कुरा थाहा हुन्छ र ?

छोरीको खुशी र सुखको लागी ममताको बा(आमाले गाडामा तरकारी बेचेर कति धेरै संघर्ष गरेछन् भन्ने कुराले मेरो दिमाख टन्टनी भईरहेको छ।बा(आमाको कठिन संघर्ष अनि छोरीले मिहिनेत गरेर नर्सिङ पढेको कारण अमेरिकामा नर्स भएर आर्थिक रुपमा जीवन एक लयमा चल्दै थियो।अपराधीले छोरीको जीवन नै तहसनहस पारिदियो।कति धेरै पिडामा होलान् बा(आमा।त्यतातिर सहानुभूती राखौं।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस