आज:  | Tue, 10, Sep, 2024

काभ्रेमामा जन्मिएर अमेरिकामा अस्ताएकी छोरी ममताको शोकमा आमावुवा सहित परिवार अचेत

९ भाद्र २०८१, आईतवार १२:१४ मा प्रकाशित ( २ हफ्ता अघि) १६४ पाठक संख्या
नारी बाटिका


काभ्रे ९ भदौ ।

अमेरिकाको पिआरवाला केटालाई छोरी कै सहमतिमा विवाह पठाएका छोरी ममता काफ्लेको तिनै ज्वाइँले हत्या गरेको खबर पाएपछी काभ्रेको पनौती नगरपालिका बस्ने बुबा, आमासहित परिवारका सदस्यहरु अचेत भएका छन्। ज्वाई भनौदो दानवरुपपी राक्षसले आफ्नी फुल जस्ती लाउँलाउँ खाउँखाउँ उमेरकी छोरीलाई हत्या गरेर घर पछाडी गाडेको खबर सुने लगत्तै ममताका बाबु, आमा, दाइ र बहिनी लगायतका आफन्त भावविह्वलमा अचेत भएका थिए।

छोरी ममतालाई ज्वाई नरेश भट्टले हत्या गरेको आमा गीताकुमारीले बरबराउँदै वेहोसको अवस्थामा एकहोरोपाराले बताउँछिन् । ‘२०८१ साउन १६ अथात् जुलाई ३० तारेखका दिन छोरी ममतासँग कुरा भएको थियो’, आमा भन्छिन्– ‘त्यही दिनको कुराकानी नै छोरीसँगको संवाद अन्तिम बन्यो ।’ ममतासँग हरेक दिन जस्तै कुराकानी गर्ने आमा गीताकुमारीले नेपालबाट ३१ तारेखमा फोन गर्दा छोरीको फोन उठेन।

आमाले लगातार १, २ र ३ तारेखमा फोन गरेकी रहिछन् । ३ तारेखमा ज्वाइँलाई फोन गर्दा उठाएनछ। त्यसपछी नेपालमा रहेका ज्वाईँ नरेशका भाइहरु महेश र भूपेन्द्रलाई फोन गरेर सोधेकी रहिछन् । नेपालतिर ज्वाईँका परिवारलाई सोध्दापनि खासै मतलव नभएको जस्तो गरी ओठे जवाफ फर्काएका रहेछन्। त्यसपछी ममताकी आमाले तत्कालै ज्वाइँ नरेशलाई भ्वाइस म्यासेज पठाईन्। तर ज्वाईँले धेरै दिनसम्म म्यासेज नै हेरेन र जवाफ पनि दिएन ।

५ तारेखका दिन छिमेकी सुनीता भण्डारीलाई फोन गरेर गीताकुमारीले छोरीको खबर बुझिदिन अनुरोध गरिन्। अमेरिका मै बस्दै आएकी सुनीताले नरेशलाई भेटेर खबर गरेपछि मात्रै भ्वाइस म्यासेज पठाउँदै छोरीले आधारभूत सामान समेत लिएर घरबाट निस्किएकाले थाहा नभएको ज्वाईँले जवाफ दियो। साथै, छोरी हेरेर घरभित्रै बस्नुपर्ने भएकाले खोजबिन गर्न समेत नसकेको जवाफ दियो।

छोरी सुत्केरी भएका बेला सहयोग गर्ने सरिता न्यौपाने र उहाँका श्रीमान्सहितले छोरी ममता धेरै दिनदेखि घर भित्र–बाहिर नगरेकाले प्रहरीलाई खबर गरेको जानकारी दिनुभयो। अहिले न्यौपानेले ममताको बच्चा स्याहारका लागि भन्दै डोनेसन संकलन गरिरहनु भएको बताईएको छ। १ लाख डलर तार्गेट राखिएको उक्त कोषमा अहिले डेड लाख भन्दा धेरै संकलन भइसकेको छ।

ससुराली पक्षलाई ज्वाइँ नरेशले भने निरन्तर झुट बोलिरहे । त्यसपछी ममताकी आमा गीताकुमारीले ज्वाइँ छोरी मार्‍यौ कि क्या हो ? भन्दा सियो हो र ? भन्दै नरेशले जवाफ फर्काएको थियो । केही दिनपछी अमेरिकाबाट ममता हराएको खबर जताततै नेपाली संन्चारमाध्यमबाट प्रकाशन हुन थालेपछी पनौती–६ का वडाध्यक्ष आचार्यले समेत नरेशलाई फोन गरेर ममताका बारेमा बुझेका थिए। उहाँलाई पनि नरेशले त्यस्तै जवाफ फर्काएका थिए।

त्यसपछी ममताको सत्य तथ्य खबर बाहिर ल्याउनको लागी नेपाली समुदायको निरन्तरको दबाबपछि त्यहाँको प्रहरीले शंकाको सुई ममताकै श्रीमान् नरेश तर्फ साझ्याउँदै पक्राउ गरेको थियो । छोरीलाई छिमेकी सरिता न्यौपानेले रेखेदख गरिरहनु भएको छ। नरेशकी आमा बुहारी सुत्केरी स्याहार्न गएका बेला पनि नरेशले ममतालाई हिंंसा गरेर घरबाट निकालेका थिए। नरेशले मन्दिर छोएर भाकल गरी आइन्दा त्यस्तो नगर्ने सर्त गरेपछि मात्रै ममता घरमा फर्किएकी थिइन्।

नरेशले सुत्केरी बुहारी सिहार्न अमेरिका आएकी आफ्नी आमालाई नेपाल फर्काएर, आफूले चढेको गाडी समेत बिक्री गरिसकेका थिए। योजनाबद्ध रूपमा घर बिक्रीका लागि केही नेपाली समुदायका व्यक्तिहरुलाई भनिसकेका थिए। ममताको हत्यासँगै उनी भारत तर्फ भाग्ने तयारी गरेको समेत खुलासा भएको छ।

ममताको माईतीघर पनौती–६ नमोबुद्ध रोड काभ्रेपलाञ्चोक हो। उनको पुख्र्यौली घर काभ्रेपलाञ्चोक जिल्लाको साविक गोकुले गाविस हालको महाभारत गाउँपालिका–२ हो । छोराछोरी पढाउनका लागी गोकुले गाउँबाट ३० वर्षअघि पनौती आएर मजदुरी गर्दै आएका ममताका बाबुआमाका तीन सन्तान छन् । पहिलो छोरा र दुई छोरी । ममता दोस्रो सन्तानकी जेठी छोरी हुन्।

उनले स्थानीय विद्यालय नवरत्न माविबाट एसएलसी उत्तीर्ण गरी बनेपाको बेलरबाट कक्षा १२ उत्तीर्ण पछी ममताले पैसा तिरेर नै बैंगलोरमा रहेको नर्सिङ कलेजको उत्कृष्ट नम्बर ल्याएर नर्सिङ उत्तीर्ण भएकी थिइन्। तर, उनले उत्कृष्ट भए बापत छात्रवृत्ति प्राप्त गर्न भने सकिनन्।

ममताको २०७७ मंसिरमा बैतडी जिल्ला घर भई महेन्द्रनगर बेलडाँडीमा बसोबास गर्दै आएका नरेश भट्टसँग विवाह भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस