आज: २०८३ आश्विन २५, आईतबार | Sun, 11, Oct, 2026

बस दुर्घटनामा परी दुई जनाको मृत्यु,२७ जना घाइते

२०८१ भाद्र १३, बिहिबार मा प्रकाशित ( २ साल अघि) १००३२ पटक पढिएको
नारी बाटिका


बाँके १३ मदौ ।

बाँकेमा आज भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ।

बिहिबार दाङबाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस नेपालगञ्ज सडक खण्डको कोठापुर भन्ने स्थानमा बिहान अ. सवा ११ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख बाँकेका एसपी तुलबहादुर कार्कीले बताउनु भयो।

बाँकेको जानकी गाउँपालिका९६ कोठारपुरमा बस सडकमै पल्टिएको थियो।घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी प्रवक्ता नारायण डाँगीले बताउनु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। साथै सो दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑