
नारी बाटिका
काठमाडौं १३ भदौ ।
नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउसका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका९४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन् । उनीहरु दुबैजना काठमाडौं महानगरपालिका(३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक हुन् ।
राजु साही र खड्गीले सयुक्त रुपमा सञ्चालन गरेका उक्त गेष्टहाउसमा बालिकाहरूलाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीको टोलिले उनीहरूलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई पनि उद्दार गरेको छ । प्रहरीले उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।







प्रतिक्रिया दिनुहोस