आज: २०८३ जेष्ठ २६, मंगलबार | Tue, 09, Jun, 2026

हाल भईरहेको पाठ्यक्रम परिमार्जन गर्छौं, शिक्षामन्त्री भट्टराई

२०८१ भाद्र १३, बिहिबार मा प्रकाशित ( १ साल अघि) ८२६५ पटक पढिएको
नारी बाटिका


काठमाडौं १३ भदौ ।

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले हाल भईरहेको सबै पाठ्यक्रमहरूको परिमार्जन गर्ने गरी अगाडि बढेको बताउनु भएको छ। बिहीबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’मा मन्त्री भट्टराईले विश्व बजारमा प्रतिष्पर्धीमुलक नेपाली जनशक्ति तयार गर्न सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताउनु भएको हो।

उहाँले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय लागिपरेको बताउनु भयो । त्यस्तै राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम बनाउनु पर्नेमा मन्त्रालयको जोड र राष्ट्रलाई योगदान दिन सक्ने जनशक्तिले नै अन्तर्राष्ट्रिय बजारमा योगदान दिन सक्ने उहाँको भनाइ छ।

यस्तै सिटिईभिटीलाई पुनःसंरचना गर्नका लागि काम अगाडि बढाइएको बताउँदै यसको पाठ्यक्रम र पुनःसंरचनाका लागि आवश्यक काम गर्न दुई वटा समूह बनाएर जिम्मेवारी दिइएको पनि जानकारी दिनु भयो । मन्त्री भट्टराई भन्नु भयो, ‘‘सिटीइभिटीलाई अहिलेको अवस्थामा यसको पाठ्यक्रम र पुनःसंरचनाको लागि दुईवटा टिम बनाएर हामीले जिम्मेवारी दिएका छौँ। पाठ्यक्रममा उद्यमशिलतामा काम गरिरहेको हाम्रो पंक्तिलाई कसरी जोड्ने ?

यस्तै उहाँले हामीले हिजोसम्म भन्ने गरेउ, नेपालीहरु पढ्ने यहाँ। तर अन्तर्राष्ट्रिय श्रम बजारमा जान सक्षम जनशक्ति तयार गर्छौ भन्यौँ हामीले। त्यहाँ नै हामी गलत भयौँ। अब शिक्षा मन्त्रालयले हाम्रो पाठ्यक्रमलाई पूरै परिमार्जन गर्नुपर्छ चाहे त्यो जनरल एजुकेशनको होस्। चाहे त्यो साइन्सको होस्, चाहे टेक्नीकल एजुकेशनको होस्। सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले नै हामी अगाडि बढेका छौँ।’

उहाँले शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय र श्रम मन्त्रालयका बीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षा भनेको ज्ञान मात्रै नभई सिप, कला र उद्यमशिलता पनि हो भन्ने कुरा स्थापित गर्नुपर्ने धारणा राख्नु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस