आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

२०८१ भाद्र २३, आईतबार मा प्रकाशित ( १ साल अघि) ८५६० पटक पढिएको
नारी बाटिका


तस्वीर स्रोत : गोरखापत्र

बिबियु नारी संन्चार संवाददाता

काठमाडौं– २३ भदौ ।

वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ। आज महासंघले एक विज्ञप्ति जारी गर्दै उपाध्यायको निधनप्रति श्रदान्जली व्यक्त गर्दै दुःख व्यक्त गरेको हो।

उनी क्यालिफोर्नियास्थित अस्पतालमा १० दिनदेखि उपचाररत रहनु भएका उपाध्यायको ८४ वर्षको उमेरमा उपचारकै क्रममा आइतबार निधन भएको हो।
उपाध्यायको निधनबाट नेपाली पत्रकारिता जगतले एक अनुभवी,,निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाएको महासंघले विज्ञेप्ती मार्फत उल्लेख गरेको छ।

२०२६ सालदेखि ज्योति साप्ताहिकबाट पत्रकारिता सुरु गरेका उपाध्यायले तीन दशकभन्दा लामो समय सम्पादनको काम गर्दै आउनु भएको थियो । उहाँले सुरुमा जुन साप्ताहिकमा काम गर्नु भयो सोही साप्ताहिकलाई नै निरन्तरता दिएका थिए।

पछिल्लो समयमा उनले आफ्नै सम्पादनमा अंग्रेजी भाषामा टेलिग्राफ साप्ताहिकको प्रकाशन सुरु गरेका थिए । उपाध्यायको लेखहरू भारत, नेपाल र दक्षिण एसियाली क्षेत्रीबीचको भूराजनीतिक तनाब र पाकिस्तानलाई क्षेत्रीय शक्ति मान्नु पर्ने आवश्यकता माथि केन्द्रित रहेर लेख्ने गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस