
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१२ चैत ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।
आजभन्दा ठिक १० दिनअघि बढाईको पेट्रोल,डिजेल तथा मट्टितेलको मुल्य फेरी १५ रुपयाँकै दरले वृद्धी गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको हो ।
पछिल्लो वृद्धी भएको मुल्य अनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मुल्य पनि बढेको छ ।
जस अनुसार पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ ।
यसरी हप्तै पिच्छे मुल्य बढ्नुको कारण मध्यपूर्वमा जारी युद्धको प्रभावले पेट्रोलियम पदार्थमा निरन्तर मूल्यवृद्धि भइरहेको निगमको भनाइ छ । 








प्रतिक्रिया दिनुहोस