आज:  | Tue, 08, Oct, 2024

सांस्कृतिक कार्यक्रममा नक्कली कलाकार भिसामा युरोप पठाएको आरोपमा ‘इकु’ पक्राउ

२७ भाद्र २०८१, बिहीबार ०४:३५ मा प्रकाशित ( ३ हफ्ता अघि) १५७ पाठक संख्या
नारी बाटिका


काठमाडौं २७ भदौ ।

कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार इकु) भनिने सूर्यमान शंकर पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलिले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

ललितपुर धापाखेलमा स्थाई बसोबास भएका ४० वर्षीय इकुले विदेशमा हुने नेपाली पर्व अनुसारको सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको आरोप लागेको छ।

त्यसैगरी उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बै।कमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम समेत जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ ।

साथै उनले विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि इकुलाई पक्राउ गरिएको प्रहरीले बताइएको छ। पक्राउ परेका उनी विरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर सीआईबीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस