आज:  | Tue, 08, Oct, 2024

राष्ट्रीय बाल दिवसको अवसर पारेर सयुक्त आयोजनामा शैक्षिक सामाग्री वितरण गर्दै

२९ भाद्र २०८१, शनिबार ०४:४३ मा प्रकाशित ( ३ हफ्ता अघि) २०७ पाठक संख्या
नारी बाटिका


धादिङ २९ भदौ ।

६० औं राष्ट्रीय बाल दिबवको अवसरमा आज बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने भएको छ । जिल्लामा लामो समयदेखी महिला बालबालिकामा काम गर्दै आईरहेको नारी जागरण केन्द्रद्वारा स्थापना भएको नारी विकास बचत तथा ऋण सहकारी संस्थाले बालबालिकाहरुमा शैक्षिक सामाग्री वितरण गर्न लागिएको हो ।

६० औं बाल दिवसको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नको लागी कार्यक्रम तय गरेको छ। संस्था तथा बाल समुहमा आवद्ध रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई कापी,कलम,डट्पेन,पेन्सिल, पेन्सिलकटर लगायतका शैक्षिक सामग्री वितरण गर्न लागिएको नारी विकास सहकारी संस्थाका शिक्षा समितिकी संयोजक पार्वती पौडेलले जानकारी दिनु भयो ।

यसैगरी  राष्ट्रिय बाल दिवसकै अवसरमा २०८० को एस्ईई र कक्षा बाह्रको परिक्षामा उत्कृष्ट ग्रेट प्राप्त गर्न सफल भएका समुहमा आवद्ध बालबालिकालाई सम्मान तथा पुरस्कार पनि वितरण गरिने नारी जागरण केन्द्रले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस