
काठमाडौं ३१ भदौ ।
नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । शनिबार बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलको मुल्य घटाउने निर्णय गरेको हो । यससंगै पेट्रोलको मुल्य प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ ।१ रुपैयाँ घटाएको छ ।
त्यसैगरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । घटेको मुल्य गएराति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।
साथै निगमले एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएतापनि हाललाई पुरानै मुल्य यथावत राखेको निगमले जनाएको छ ।नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।












प्रतिक्रिया दिनुहोस