आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

सरकारले १७ देशका लागी प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित

२०८१ आश्विन ३, बिहिबार मा प्रकाशित ( १ साल अघि) १४४५० पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ असोज ।

संसदीय सुनुवाइ समितिले १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नामलाई अनितम रुप दिएको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रश्तावित १७ राजदूतमध्ये १६ जना राजदूतको नाम समितिबाट बहुमतले पारित गरेको हो।

आज बसेको बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रश्तावित राजदूतको स्पष्टीकरण,कार्यायोजना तथा भनाइको निर्णय लिइएको बताइन् १६ देशका राजदूत बहुमतले पारित गरेको र श्रीलंकाका लागि प्रश्तावित राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरु अपूरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको बताइन्।

उनको भनाई अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रश्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रश्तावित राजदूत प्रा.डा.कपिल श्रेष्ठ र मलेसियाका लागि प्रश्तावित डा. नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राखेका बताइन्।

त्यसैगरी जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रश्तावित राजदूत शंकर शर्माको लागि फरक मत रहेको बताए। समावेशिता अझै अपूरो रहेको सांसदहरुको गुनासो आएपछी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको बताइन्।

उनले अहिले दुई राजदूत सिफारिस गरिएकोमा मधेसी महिला चित्रलेखा यादव र परराष्ट्र सेवाबाट सेवा लम्साललाई सिफारिस गरिएको बताइन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस