
मोरङ ६ असोज ।
मोरङमा आवm्नै ज्वाईँले वृद्ध ससुराको हत्या गरेको आशंकामा ज्वाईँ पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आशंका गरिएकामा ज्वाइँलाई प्रहरीले पक्राउ गरेको हो।
अन्दाजी ६० वर्षका वृद्ध तामाङको हिजो बिहान घरमै हत्या भएको अवस्थामा शव फेला परेको थियो । हत्या पश्चात् उनका ज्वाइँ रविन राई फरार भहेका थिए । ज्वाइँ फरार भएपछि उनैले ससुरा तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी गरेको थियो ।
राईलाई प्रहरीले आज धनकुटाको साँगुरीगडी गाउँपालिका स्थित मुलघाटबाट पक्राउ गरेको जनाएको छ । मुलघाटबाट राईलाई पक्राउ गरेको र हत्या उनैले गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालले जानकारी दिनु भयो ।












प्रतिक्रिया दिनुहोस