आज:  | Tue, 08, Oct, 2024

जो देशका रक्षक, तिनै व्यक्ति भक्षक भने झैं पूर्वनायब महानिरीक्षक छविलाल पक्राउ

७ आश्विन २०८१, सोमबार ०४:२५ मा प्रकाशित ( २ हफ्ता अघि) ११७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ७ असोज ।

नेपाल प्रहरीका पुर्व महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई आज पोखरास्थित अदालतमा पेश गरिँदैछ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक जोशीलाई आज अदालतमा पेश गरिने भएको हो ।

जोशी सहकारीको बचत रकम ठगी तथा अपचलन गरेको प्रकरणमा पक्राउ परेका थिए । पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका उनलाई पोखरास्थित अदालतमा पेश गर्नको लागी प्रहरीले आईतबार नै पोखरा लगि सकेको छ ।

कानुन विपरित कार्य गर्ने जो कोहीलाई पनि कानुनी कठघरमा ल्याएर कारवाही गर्न सुरुकै मुख्य अनुसन्धानकर्ताको प्रमुख जिम्मेवारीमा रहर काम गरी सकेका जोशी आफै सहकारी संस्थामा गरिव,निमुखा नागरिकले आधा पेट खाएर सुका, मोहर बँचायर जोगायर पोखरा महाँनगरपालिकामा संन्चालित सूर्यदर्शन सहकारीमा जम्मा गरेका हजारौं बचत कर्ताको पैसा ठगी प्रकरणमा पक्राउ परेका हुन् ।

सोही ठगी प्रकरणमा आफैले २०औं वर्ष सेवा गरेका तथा जुत्ता बजारेर सलाम ठोक्ने प्रहरी जवानबाटै हत्कडी लगाईका जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरेर प्रहरीले हवाइजहाजमा राति सवा ९ बजे पोखरा ल्याइएको थियो।

उनलाई आज(सोमबार) प्रहरीले अदालतमा उपस्थित गराइ थप कारबाही प्रक्रिया अघि बढाउने बताएको छ। जोशी,रवी लामिछाने,जिवी राई लगायतका देशमा नाम चलेका केही व्यक्तिहरु सूर्यदर्शन लगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भको बचतकर्ता दिएका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस