काठमाडौं ७ असोज ।
अमेरिकाको भर्जिनियामा भएको नेपाली मुलकी ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेशले नै गरेको पुष्टी भएको छ । गत जुलाई २७ बाट मेडिकलबाट काम सकी घर गएकी नर्स ममता काफ्ले सोही दिनबाट बेपत्ता भएकी थिईन् । उनी जुलाई २७ देखी हराएकी भएतापनि ममताका साथी तथा सोही राज्यमा बसोबास गर्ने नेपालहरुले भने जुलाई ३१ मात्रै हराएको जानकारी पाएका थिए ।
जुलाई २७ देखी ३० अर्थात चार दिनसम्म घरमै वन्धक बनाएर श्रीमान् नरेशले उनका प्रेमिकाको सहयोगमा हत्या गरी २ दिनसम्म ममताको शवलाई १२ टुक्रा पारेर छिमेकीको फोहर फाल्ने कन्टेनरमा फयाँकिएको प्रहरीले फेला पारी सो प्रमाणसहित अमेरिकन अदालतमा पेश गरेको छ ।
करिव २ महिनासम्मको सुस्म अनुसन्धान,सो स्थानमा बस्ने नेपालीहरुको सहयोग,दैनिक रुपमा फोहर संकलन गर्ने कम्पनीका कर्मचारीहरु,अमेरिकामा बसी नेपाली नागरिकका सेवामा जुटेका सामाजिक व्यक्तित्वहरु तथा मानव अधिकारवादीहरुको विशेष सहयोगमा प्रहरीले गरेको अनुसन्धानबाट यस घटनाको पुष्टी भएको हो । ममता हत्या घटनाको प्रमाण जुटाई सुक्रबार अमेरिकाको भर्जिनियास्थित प्रहरीले अदालतमा विभिन्न प्रमाण पेश गर्न सफल भएको थियो।
अमेरिकन सेनामा जागिरे श्रीमान् नरेशले ममताको हत्या गरी शरीर टुक्रा टुक्रा पारी फरक फरक ठाउँमा फालेको प्रमाण प्रहरीले अदालतमा बुझाएको छ । ममता बेपत्ता भएपश्चात् र प्रहरीले उनको घरमा पटक पटक खानतलासी गर्नुअघि नरेशले थुप्रै पटक आफ्नो टेस्ला कारमा ठूला ठूला झोलाहरू बोकेर फरक फरक ठाउँमा लगेर फ्याँकेको तथ्य फेला परेको हो ।
जुलाई ३० र ३१ तारेखको रातको १ बजेसम्म नरेशले कारबाट ठुला ठुला कालो रंगकोथैलोहरू झिकेर फोहोरको कन्टेनरमा हालेको सीसीटीभी फुटेज नै प्रहरीले इजलासमा देखाइएको थियो । नरेशले घरबाट १२ पटकसम्म यसरी थैलोहरू कारमा हालेर टाढा(टाढा लगि व्यवस्थापन गरेको प्रमाण अदालतमा पेस गरिएको छ ।
त्यसैगरी एकपटक नरेशले पुराना लुगा राखिने डोनेसन बक्समा पनि एउटा थैलो फ्याँकेका थिए । त्यो थैलोमा बाथरुमबाहिर प्रयोग गरिने रगतै रगतले भिजेको म्याट रहेको पाइएको छ, जसमा रगत लत्पतिएको थियो ।
उनका मुख्य प्रेमिकाको सहयोगमा निकै पहिलादेखी नै योजना बनाई नरेशले ममताको हत्यामा सबै होसियारी अपनाएका थिए, ताकि उनीविरुद्ध कुनै पनि प्रमाणहरू नभेटिऊन् भन्ने हिसावले….। अमेरिकन संन्चारमाध्यमका अनुसार प्रहरीले घरमा खानतलासी गर्न आउनुअघि नै लासको व्यवस्थापन गरिवरी घरभित्र पनि सबै सरसफाइ सिध्याएर नरेश ढुक्क पाराले खुशी भई बसेका थिए ।
उनी विरुद्धको फौजदारी उजुरीअनुसार नरेशले घरमा हत्या गरेको र त्यसपछि ममताको शव बेपत्ता पारेको अभियोग लागेको छ । प्रहरी अधिकारीले घरमा खोजी गरेपछि उनलाई अगस्ट २२ मा हत्कडी लगाएर पक्राउ गरेका थिए ।नरेशलाई हत्याको औपचारिक अभियोग भने लगाउन बाँकी रहेको अमेरिकन प्रहरीले जनाएको छ तर, प्रारम्भिक आपराधिक उजुरीमा भनिएको छ, “जुलाई ३०, २०२४ मा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए ।”
नरेश पक्षधर वकिलले पनि ति दुई दम्पत्ति छुट्टिने प्रक्रियामा रहेको स्वीकार गरेका छन् ।ममतालाई अन्तिम पटक देखिएपछिका दिन ममताका सहकर्मीहरूले अगस्ट १ गते स्वास्थ्य जाँचका लागि बोलाएपछि प्रहरी अगस्ट २ मा मनसासस्थित दम्पतीको घर गएको थियो । नर्स भएकी कारण ममताले हप्ताको दुई दिन अस्पतालमा काम गर्थिन् र उनी अगस्ट १ र २ मा बिना जानकारी काममा नआएपछि अस्पतालमा सहकर्मीले चिन्ता व्यक्त गरेका थिए ।
स्वास्थ्य जाँचको ३ दिनपछि ममता पूर्व फेयरफ्याक्स काउन्टी पुलिस भर्ती र पूर्व अमेरिकी सेना रिजर्भ स्वचालित रसद विशेषज्ञले उनी हराएको रिपोर्ट गरेका थिए । अन्वेषकहरूलाई भने, ”नरेशले अन्तिम पटक जुलाई ३१ मा आफ्नी श्रीमती संगै वेलुकाको खाना संगै टेबलमा बसेर खाएको र त्यसपछि उनी सम्पर्क विहीन भएको बयान दिएको थियो ।”
गत महिनाको अन्तमा अदालतको सुनुवाइको क्रममा एक न्यायाधीशले नरेशबाट समुदायको लागि खतरा भएको भन्दै हिरासतमा राख्न आदेश दिएका थिए । अनुसन्धानकर्ताले भनेका थिए, ”नरेशले जुलाई ३० मा वालमार्टबाट तीनवटा चक्कुको प्याकेट किनेका थिए, जसमध्ये दुईवटा चक्कु हालसम्म पनि प्रहरीले फेला पार्न सकेको छैन ।”
प्रतिक्रिया दिनुहोस