आज:  | Tue, 08, Oct, 2024

धादिङका दुईजनासहित झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने ४ जना पक्राउ

८ आश्विन २०८१, मंगलवार १४:२९ मा प्रकाशित ( १ हफ्ता अघि) २०४ पाठक संख्या
नारी बाटिका


काठमाडौं ८ असोज ।

झुठ्ठा विवरण पेश गरी नागरिकता बनाईदिएको आरोपमा ४ जना पक्राउ परेका छन् । प्रहरीले उक्त कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका(१ घर भई हाल काठमाडौं महानगरपालिका(१० मनमैजु बस्ने ३१ वर्षीय मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका(५ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, रहेका छन् ।

त्यसैगरी चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाडौं महानगरपालिका(६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका(४ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका(८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पा पक्राउ परेका हुन् ।

जुवा सम्बन्धी कसूरको अनुसन्धानको क्रममा पक्राउ परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङ, ना.प्र.न. २६(०१(८१(०३२१७ को नेपाली नागरिकता सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता छिरिङ ढुन्डुपले नगद ४ लाख रूपैयाँमा बनाई दिएको भन्ने बयान दिएका थिए ।

तिब्बती नागरिक छिरिङ ढुन्डुप कै बयानबाट सो कुरा खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले छिरिङ ढुन्डुप सहित ४ जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि आज जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस