आज: २०८२ चैत्र २९, आईतबार | Sun, 12, Apr, 2026

भ्रष्टाचारमा जेलमा रहेका पूर्वकार्यकारी निर्देशक विकलमाथी हुन्डी कारोबारमा फेरी अर्को मुद्धा दायर

२०८१ आश्विन ९, बुधबार मा प्रकाशित ( १ साल अघि) १२४७८ पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ असोज ।

भ्रष्टाचार मुद्दामा सजाय पाएर कारागार जीवन बिताइरहेका सूचना केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलले हुन्डीमार्फत् करोडौं रुपियाँ अमेरिका पठाईएको पुष्टी भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा तत्कालिन निर्देशक पौडेलले करोडौं रकमा विदेश पुर्‍याएको पाइएपछि उनी विरुद्ध फेरी अर्को मुद्दा दायर भएको हो।

यसैगरी उनीमाथि ठूलो परिमाणमा विदेशी मुद्रा गैरकानुनी रूपमा विदेश पठाई विदेशी विनिमय अपचलन गरेको आरोपमा अर्को मुद्दा पनि लाग्ने भएको बताईएको छ। राजस्व अनुसन्धान विभागले विकल र अमेरिकामा रहेकी उनकी श्रीमती एलिना बस्नेतमाथी छानबिलाई तीव्रता दिएको छ। विभागले उनका परिवारमाथी गरिएको छानबिन कार्यअन्तिम चरणमा पुगेकोले विकलविरुद्ध छिट्टै विदेशी विनिमय अपलचनमा कसुरमा पनि मुद्दा दायर हुने भएको हो ।

अख्तियारले दायर गरेको भ्रष्टाचार आरोपमा विशेष अदालतबाट दोषी ठहर भइ उनी कारागार चलान भएका थिए । भ्रष्टाचारको करोडौं रकम हुन्डी गरी विदेश पठाएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको हो। सीआईबीले १ करोड ४६ लाख ६६ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । विकलले भ्रष्टाचार गरेको पैसा हुन्डीमार्फत् अमेरिका पठाएको पुष्टि भएपछि अर्को मुद्दा दायर गरिएको सीआईबीले जनाएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकलमाथि छानबिन गर्दा उनले आर्जन गरेको अकुत सम्पति हुन्डीमार्फत् अमेरिका लैजाने गरेको फेला पारेको थियो। त्यसपछि अख्तियारले विकलमाथि हुन्डी कारोबारमा छानबिन गर्न सीआईबीलाई पत्राचार गरेको थियो । अख्तियारको पत्रका आधारमा सीआईबीले उनीमाथि छानबिन गर्दा उनले भ्रष्टाचार पुष्टी भएपछी मुद्दा दायर गरेको हो।

विकलले भ्रष्टाचार गरी आर्जन गरेको करोडौं रुपियाँ अमेरिकामा रहेकी श्रीमती एलिना बस्नेतमार्फत् कारोबार गर्ने गरेका थिए। सीआईबीले बिगोको तीन गुणा जरिवाना र सात वर्षसम्म कैद सजाय माग गरी मुद्दा दायर गरेको हो। उनीमाथि करिब १० करोडको विदेशी विनिमय अपचलन मुद्दामा राजस्व अनुसन्धान विभागले अनुसन्धान जारी राखेको छ।

स्रोतका अनुसार यस प्रकरणमा विकल र उनकी श्रीमती बस्नेतमाथिको छानबिन प्रक्रिया अन्तिम चरणमा पुर्‍याइएको छ। दुवैजनामाथि झण्डै १० करोडको विदेशी विनिमय अपचलन सम्बन्धी मुद्दा दायर हुने भएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस