आज:  | Tue, 08, Oct, 2024

माइक्रोबस र ट्याङ्कर नारायणगढ (मुग्लिनमा ठोक्किँदा १६ जना घाइतेको (नामावलीसहित)

११ आश्विन २०८१, शुक्रबार ११:४० मा प्रकाशित ( १ हफ्ता अघि) १५३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ११ असोज।

पन्ध्रकिलोमा बिहीबार राति माइक्रोबस र दूध बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन् । नारायणगढ(मुग्लिन सडकको भरतपुर महानगरपालिका(२९ पन्ध्रकिलो भन्ने ठाउँमा एकआपसमा माइक्रोबस र दूध बोकेको ट्याङ्कर ठक्कर खाई दुर्घटनामा परेको थियो ।

सोही दुर्घटनाका घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ । चितवन प्रहरी कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा३ख १७५२नम्बरको माइक्रोबस र मुग्लिन जाँदै गरेको बा.प्र.०३.००१ख २६२२ नं. को दूध बोक्ने ट्याङ्कर एक(आपसमा ठक्किएका हुन् ।

उक्त घटनामा घाइते भएकाहरुमा नवपलपुरको कावासोती नगरपालिकापा(१४ बस्ने वर्ष ६८ की कमला श्रेष्ठ, (अवस्था मध्यम०) नवलपुरको गैंडाकोट(५ बस्ने वर्ष ३५ की रेजिना पराजुली (मध्यम)सोही स्थानकी वर्ष २३ की अरुणिमा पौडेल(मध्यम),माइक्रो चालक नवलपुर कावासोती(१३ बस्ने वर्ष ३८ को चिन्ताबहादुर महत्तोको मध्यम) अबस्थामा छन्।

यस्तै, नवलपुरकै कावासोती ७ बस्ने वर्ष ३२ का सन्तोष महत्तो (मध्यम) नवलपुर कावासोती १ बस्ने वर्ष २१ को निर्जन लुङ्गेली (मध्यम),नवलपुर कावासोती २ बस्ने वर्ष ३४ की निरमाया आले (सामान्य),नवलपुर कावासोती २ बस्ने वर्ष ६ को ईहान आले (मध्यम),नवलपुर कावासोती ७ बस्ने वर्ष ३८ को रामचन्द्र भुषालको अवस्था मध्यम रहेको छ ।

यसैगरी नवलपुर कावासोती ९ बस्ने वर्ष ३० को कृष्ण प्रसाद भुषाल (सामान्य), नवलपुर कावासोती १५ बस्ने वर्ष २३ को सुनिल गैरे (मध्यम) र बाग्लुङ जयमिनि गाउँपालिका ९ बस्ने वर्ष ३७ को फनिन्द्र थापा (मध्यम( रहेका छन्।

घाईतेहरुको चितवन मेडिकल कलेजमा र चार जनाको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस