आज:  | Tue, 08, Oct, 2024

प्रहरी परिसर काठमाडौंले कडा सुरक्षा योजना लागु गर्ने

११ आश्विन २०८१, शुक्रबार १५:४२ मा प्रकाशित ( १ हफ्ता अघि) ११७ पाठक संख्या
नारी बाटिका


बिबियु नारी वाटिका संवाददाता

काठमाडौँ ११ असोज।

नेपालीहरुको महान चाडपर्व नजिकिँदै गर्दा काठमाडौं जिल्ला प्रहरी परिसरले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ। आज उपत्यका प्रहरी परिसरले पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो।

चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरु, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरु,अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरु,व्यक्तिको खाली रहेको घर,सरकारी कार्यालय र भीडभाड हुने बजारहरु रहेको उल्लेख गरेको छ।

त्यसैगरी एटिएम बुथ,खसीबजार, गरगहना पसल, धार्मिक स्थल, शक्तिपीठ, पुजास्थल, बस टिकट काउन्टर,बसपार्क र सार्वजनिक सवारी साधनहरुमा पकेटहरुमा पनि सुरक्षा दिनुपर्ने भन्दै सो क्षेत्रहरुमा सुरक्षाकर्मीको उपस्थिति रहने जनाइएको छ।

पत्रकारहरुसंग छलफल गर्दै वरिष्ठ प्रहरी उपरीक्षक वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानहरुमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताउनु भयो। उहाँले प्रहरीले व्यक्ति तथा सम्पत्तिको सुरक्षा गर्ने बताउनु भयो। त्यसैगरी धार्मिक मठमन्दिर तथा जात्राहरुको सुरक्षा गर्ने पनि प्रहरीको योजनामा समेटिएको छ।

यसैगरी बढी भीडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुमा प्रहरी गस्ती गरी सुरक्षा प्रदान गर्ने जानकारी दिएको छ। चाडपर्वका समय सहज तथा उचित मूल्यमा टिकटको व्यवस्थापनमा प्रहरी सचेत रहेको र पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालनमा सहयोग गर्ने योजनामा समेटिएको छ।

त्यस्तै चाडपर्वका समयमा लामो विदा हुने भएकोले सरकारी सम्पत्ति तोडफोड हुनसक्ने र भीडभाड बजारमा पकेटमारी हुन सक्ने भन्दै सुरक्षाका लागि प्रहरीको व्यवस्था मिलाइएको जानकारी दिइएको छ। एटिएम बुथ क्षेत्रतर्फ गस्ती निगरानी गर्ने, गरगहना पसलको सुरक्षामा, शक्तिपीठ, मन्दिर तथा पूजास्थलमा पनि गस्ती हुने प्रहरी वरिष्ठ उपरुीक्षक रजौरेले जानकारी दिए।

दशैँमा शक्तिपीठहरुमा विशिष्ट व्यक्तिहरुको उपस्थिती हुने भएकोले सुरक्षाको व्यवस्था मिलाइएको बताउनु भयो। त्यसैगरी खसी बजारमा पकेटमारी, खसी चोरी, झैझगडा, ठगी, विवाद हुनसक्ने भन्दै सो स्थानहरुमा पनि प्रहरी परिचालन गरिने प्रहरीले बताएको छ ।

विशेषगरी चाडपर्वमा सार्वजनिक यातायातका टिकट काउन्टरहरुले महंगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस