आज:  | Tue, 08, Oct, 2024

झ्याप्ले खोलामा पुरिएका चारैवटा गाडीको नम्बर खुल्यो तर यात्रुहरु कति थिए ?अझै एकिन नहुदा खोजीकार्य जारी

१४ आश्विन २०८१, सोमबार ०३:५१ मा प्रकाशित ( १ हफ्ता अघि) २८२ पाठक संख्या
नारी बाटिका


बिबियु, संवाददाता

धादिङ – १४ असोज ।

धुनीबेशी नगरपालिका(९ धादिङको झ्याप्ले खोलामा पहिरो पन्छाएपछि दुईतर्फी बाटो संचालनमा आएको छ । शनिबार लिेदो सहितको भिषण पहिरो खसेपछी सो स्थानमा ४ वटा सवारीसाधनहरु पुरिएका थिए । साथै सोही सवारी साधनमा सवार लगभग सबै जसो यात्रुको पुरिएर निधन भएको थियो ।

उक्त घटनापछी सुरक्षका टोलीले तिब्रगतिमा उद्धारको कार्य थालनी गरेकोले आइतबार साढे सात बजेबाट दुई तर्फी बाटो संचालनमा आएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनु भयो।

अकल्पनीय रुपमा झ्याप्ले खोलास्थितको पहिरोले पुरेका चार वटा गाडीबाट हालसम्म ३५ जनाको शव फेला परेको पारी सकिएको छ । प्रहरीका अनुसार पुरिएका चारै वटा गाडीको नम्बर पनि आईतबार साँझतिर खुलेको थियो ।

पहिरोले पुरिएका गाडीहरु बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप, चितवनबाट काठमाडौं तर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस माईक्रो रहेका छन् । त्यसैगरी गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस र बा १ प १३८८ नम्बरको दुईवटै बस समेत पुरिएका थिए ।

साथै पुरिएका गाडीहरु सबै निकालिएको भएतापनि सो गाडीहरुमा कति जना सवार थिए भन्न्ैमा एकिन नभईसकेका कारण अझै पहिरोमा पुरिएकाहरुको खोजी र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यल धादिङले बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस