
नारी बाटिका
बागलुङ १६ असोज।
बागलुङका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन बागलुङ जिल्ला अदालतले आदेश दिएको छ । ढोरपाटन नगरपालिका बागलुङका मेयर नेपालीलाई सहकारीको बचत ठगी गरेको प्रकरणमा पक्राउ परेका थिए ।
मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
जिल्ला प्रहरी कार्यलय बागलुङले नगरपालिकाका मेयर नेपालीलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएकोमा उनको बयान सकी मंगलबार थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो ।
मेयर नेपालीले ईमेज वचत तथा ऋण सहकारी संस्था बागलुङका अध्यक्ष समेत रहेका उनीविरुद्ध बचत हिनामिना गरेको आरोपमा गत जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका नेपालीविरुद्द रेड कर्नर नोटिस पनि जारी भए लगतै प्रहरीले उनको खोजी गरेको थियो ।
मेयर नेपालीका दाजु समेत सोही प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएका ओमप्रसाद दर्जीलाई भने अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ । मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगी गरेको आरोप छ । नेपालीले आफूसँग रहेको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए ।








प्रतिक्रिया दिनुहोस