
नारी बाटिका
बिबियु
धादिङ -१९ असोज ।
आज वडादशैं सुरु भएको तथा नवरात्रको तेस्रो दिन हो । नवरात्रको तेस्रो दिनमा नेपालीको घर– घरमा चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ । माता दुर्गाको तेस्रो शक्तिको नाम हो चन्द्रघण्टा ।
माता चन्द्रघण्टा भवानीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुन्छ । यसै कारण दूर्गामाताको नाम चन्द्रघण्टा रहन गएको हो । चन्द्रघण्टा देवीको बाहन सिंह मानिन्छ । चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको स्वरुपका भनेर पूजा गर्ने गरिन्छ ।
माता चन्द्रघण्टा भवानीको क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्नका लागी दानव जातिको नास गरी यस लोकमा अवतरण गरेको श्रीमददेवी भागवत लगायतका धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाईन्छ ।
चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी भक्तजनहरुले पूजन गर्छन् । वडासशैं सुरु भएपछी गाउँघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिन्छ ।
हिन्दूहरुकी देवी भवानी शक्ति स्वरुपा नवदुर्गाका नौवटा स्वरुप रहेका छन् । जसलाई वडादशैं सुरु भएदेखी नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपका रुपमा पूजा आराधना गरिन्छ ।








प्रतिक्रिया दिनुहोस