आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

जवर्जस्ती करणी गरेको अभियोगमा छुट्टा छुट्टै स्थानमा २ जना पक्राउ

२०८१ आश्विन २०, आईतबार मा प्रकाशित ( १ साल अघि) ११७३४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २० असोज ।

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका(६ स्याम्घा घर भई सोही नगरपालिका(४ शितलटोल बस्ने ४३ वर्षीय पंचलाल दर्जीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

दर्जीले ३८ वर्षिया एक महिलालाई बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी ओखलढुंगामा पनि २२ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका ३ बगाले टोल बस्ने ४० वर्षीय देवराज राईलाई हिजो(शनिबार)साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई गत असोज १ गते राति जबरजस्ती करणी गरेकोले प्रहरीमा उजुरी परेको थियो । सोही आधारमा प्रहरी चौकी केत्तुके र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस