आज:  | Mon, 11, Nov, 2024

दशैं मनाउन ३ लाख भन्दा बढीले शहर छाडी आफ्नै थापथलो तिर लागे

२१ आश्विन २०८१, सोमबार ११:५६ मा प्रकाशित ( १ महिना अघि) १४० पाठक संख्या
नारी बाटिका


काठमाडौं २१ असोज ।

अघिपछीका समय जहाँ जसरी सुख र आरम खोजी शहर पसेका भएतापनि दशैंका लागि शहर छाडी आफ्नै पुरानै थापथलोतिर लाग्ने नेपालीको संख्या लगभग ३ लाखमाथी नाघि सकेको छ। यो संख्या असोज १४ गतेदेखि हिजो २० गते शोमबार बेलुकासम्म उपत्यका विभिन्न ठाउँबाट बाहिरिनेको संख्या ३ लाख १८ हजार ६ सय ४९ पुगेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरी काठमाडौंका नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहोराले पछिल्लो ७ दिनमा नागढुङ्गा नाकाबाट मात्र २ लाख ८२ हजार ८ सय ८ जना शहरबाट बाहिरिएको बताउनु भयो। उहाँले अन्य नाका भएर पनि यात्रुहरू बाहिरिने क्रम बढिरहेको बताउनु भयो। घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द भएपछि दशैं मनाउन गाउँ फर्किनेको संख्या बढ्दै गइरहेको छ। त्यसै गरी हवाई मार्गबाट बाहिरिनेको संख्या १ लाख पुगेको छ ।

यसैगरी हिजो सोमबार मात्रै नागढुंगा नाकाबाट ४२ हजार ३ सय ८५ जना बाहिरिएका छन् । ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वमा यातायात सहजताका लागि काठमाडौं उपत्यकाभित्र १ हजार ८ सय जना ट्राफिक प्रहरी परिचालन गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अघिल्लो वर्षमा उपत्यका छोड्ने यति बेला १० लाखको हाराहारीमा हुनेमा यस वर्ष बाढीले बाटो बिगारेका कारण बाहिरिनेको संख्या कम भएको बताउनु भयो । गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड बढ्दै गइरहेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बन्द गरेकोले पनि सो टिकट काउन्टरमा यात्रुको भिड लागेको हो ।

नेपाल यातायात महासंघको अनुसार अहिले बाहिरिने संख्याभन्दा विगतका वर्षभन्दा धेरै यात्रु बाहिरिने अनुमान रहे पनि बाटोको अवस्था कमजोर भएका कारण यात्रु बाहिरिनेको संख्या कम भएको बताएको छ । यात्रुलाई सहज रूपमा गन्तव्यस्थल पु¥याउने काम सवारीहरूले गरिरहेको र यात्रुले पनि चालक सहचालकलाई मैत्रीपूर्ण व्यवहार गरी यात्रा गर्न आग्रह गरिएको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस