आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

सुमो गाडीबाट खसेर बालकको घटनास्थलमै मृत्यु

२०८१ कार्तिक २, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १७३२४ पटक पढिएको
नारी बाटिका


खोटाङ २ कार्तिक ।

खोटाङमा गुडिरहेको सुमो गाडीबाट खसेर एक बालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दिपक बस्नेतको ८ वर्षीय छोरा हेमन्त बस्नेतको मृत्यु भएको हो।

बिहीबार राति अन्दाजी ८ः३० बजेको समयमा बालक गाडीबाट खसेका हुन्। खाल्लेबाट खानीडाँडातर्फ आउँदै गरेको ना १ ज ५७४३ नम्बरको सुमो गाडीबाट बालक हेमन्त खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रतीक बिष्टले बताउनु भयो।

​ मृतक बालकको शव हाल जिल्ला अस्पतालको शव गृहमा राखिएको छभने गाडी चालक गोविन्द कट्वाललाई नियन्त्रणमा लिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस