
काठमाडौं २० कार्तिक ।
भारतमा वायुसेनाको मिग(२९ विमान दुर्घटना भएको छ । शोमबार भारतीय राज्य उत्तर प्रदेशको आगरामा वायुसेनाको विमान मिग(२९ दुर्घटना भएको हो । तरदुर्घटना भएको विमानका पाइलट र कोपाइलटले भने हाम फालेर ज्यान जोगाएका भारतीय संचारमध्यमहरुले जनाएका छन्।
उक्त विमानको नियमित प्रशिक्षण उडानका क्रममा प्राविधिक गडबडीका कारण दुर्घटना भएको वायुसेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। दर्घटनापछि पाइलट र उनका साथी कोपाइलट दुई किलोमिटर टाढा फेला परेको बताइएको छ।
शोमबार उक्त मिग(२९ विमान पन्जाबको आदमपुरबाट उडेको थियो।












प्रतिक्रिया दिनुहोस