
बागलुङ २४ कात्तिक।
बागलुङमा जीप दुर्घटना हुंदा चालकको मृत्यु भएको छ । सुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका ३ टारीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको सोही जीप चालकको मृत्यु भएको थियो।
दुर्घटनामा परेको जिपका चालक ढोरपाटन नगरपालिका(३ पुर्कोट निवासी जीप चालक किसान विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही नगरपालिकास्थित टारी खेतमा धान लिन गएको लु १ च ६९३८ नम्बरको पिकअप जीप ब्याक गर्ने क्रममा १०० मिटर तल तमानखोलामा खसेको थियो। उक्त जीपमा चालक मात्रै सवार रहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस