आज: २०८२ भाद्र ३०, सोमबार | Mon, 15, Sep, 2025

जनसमर्थनलाई दबाउन सुनियोजित षड्यन्त्र भएको रास्वपाको आरोप

२०८१ कार्तिक २५, आईतबार मा प्रकाशित ( १0 महिना अघि) ८८८० पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ कात्तिक।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारवाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको आरोप लगाएको छ ।

शनिबार रास्वपाको केन्द्रीय पार्टी कार्यलमा बसेको केन्द्रीय समितिको बैठकले लामिछानेविरुद्ध गरिएको कारवाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै घोर भर्त्सना समेत गरेको छ ।

यस्तै बैठकले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साझा राष्ट्रिय मुद्धामा केन्द्रित रही दोस्रो चरणको संयुक्त सशक्त आन्दोलन गर्ने र सो आन्दोलनलाई साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आव्हान गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै पार्टीले २०८० माघमा प्रधानमन्त्रीलाई बुझाइएको ‘सहकारी र लघुवित्त संस्थाहरुको समस्या समाधानका नीतिगत उपाय र योजना’ विषयक प्रतिवेदनका सिफारिसहरुलाई आधार मान्दै सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितहरुको सरोकार सम्बन्धी मूल अभियानलाई गति दिने बताएको छ ।

सो कार्यलाई अघि बढाउन एक महिनाभित्र रास्वपाका सम्बन्धित पालिका संरचनाहरुले आआफ्नो क्षेत्रमा सहकारी नियमनको अवस्था यकीन गरी कार्ययोजना बनाएर पीडितहरुको सरोकार बमोजिम बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमहरुको अगुवाई गर्ने निर्णय पनि गरेको छ ।

साथै आगमी मंसिरमा हुन गैरहेको आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएको स्वेच्छाचारी राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र संगठित भ्रष्टाचारका विरुद्ध आम जनसमुदायमा जागृति फैलाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस