आज:  | Tue, 03, Dec, 2024

आज रविलाई रुपन्देही अदालतमा लैजाँदै,सो समयमा रास्वपाले प्रदर्शन गर्ने

२७ कार्तिक २०८१, मंगलवार ०४:२० मा प्रकाशित ( ३ हफ्ता अघि) ७५ पाठक संख्या
नारी बाटिका


भैरहवा २७ कात्तिक।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रवि लामिछानेलाई रुपन्देही अदालतमा उपस्थिती गराउने भएको छ । उनलाई रुपन्देही लैजाँदै गर्दा सो समयमा रास्वपाले रुपन्देहीमा प्रदर्शन गर्ने भएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई कात्तिक २ मा पक्राउपछी पोखरा जिल्ला अदालतमा उपस्थित गराई चौथो पटकपनि अनुसन्धानको लागी भन्दै म्याद थप गरिएको छ । पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई मंगलबार प्रहरीले पोखराबाट रुपन्देही अदालत तर्फ ल्याउने भएपछि रास्वपाले सोही स्थानमा प्रदर्शन गर्न लागेको हो ।

संगठित अपराध तथा सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछाने पक्राउ परेपछि रास्वपाले निरन्तर पोखरा लगायतका स्थानमा प्रदर्शन गर्दै आएको छ । आजको जन प्रदर्शनका लागी लुम्बिनी क्षेत्रका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई विहान ११ बजे भैरहवा पुग्न पनि सुचना गरिएको स्रोतले बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस