
काठमाडौं – २८ कात्तिक ।
पछिल्लो केही दिनदेखी लगातार गिरावट आएको सुनको मुल्य आजपनि घटेको छ । जस अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबारमा कमी छ । आज सुनको मूल्य तोलामा ४ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।
मंगलवार(हिजो)मात्रै तोलामा छापावाला सुन २४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।
आज चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको कारोबारमा १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस